Blogs

Read the latest articles & insights about medical science and pharmaceutical technologies on development.

हाउसवाइफ सिन्ड्रोम

सन्जोग ढकाल

December 17, 2025

12:42 pm


यस लेखमा दिइएको जानकारी पीडित मनोवैज्ञानिक/परामर्शदाताबीचको निरन्तर वार्ताको रूपमा प्रस्तुत र गरिएको छ । स्पष्टताका लागि पीडितको प्रतिक्रिया गाढा अक्षरमा हाइलाइट गरिएको छ ।

आज मलाई भेट्न समय दिनुभएकोमा धन्यवाद । साँच्चै भन्ने हो भने, मैले कहिल्यै पनि यो दिन आउँछ भनेर सोचेकै थिइन । म पहिला अरू विवाहित जोडीहरुलाई सल्लाह दिने गर्दथे । तर, अहिले म यहाँ छु, र मेरो विवाह एउटा धागोले मात्रै जोडिएको जस्तो महसुस गरिरहेको छु । म यसलाई सुधार्न चाहन्छु, तर कसरी सुरु गर्ने भन्ने कुरामा म अलमल्ल परिरहेको छु ।

तपाई परामर्शको लागी यहाँ आउनुभएकोमा म खुशी छु । विवाहमा कहिलेकाहीँ अलमलिनु सामान्य हो । आउनुहोस्, के भइरहेको छ भनेर कुरा गरौं र कसरी सबै कुरा पुनः सही दिशामा लैजाने भन्ने कुरा हेरौं ।

मेरी श्रीमती शन्ध्याले मलाई भनिरहेकी छिन् कि उनलाई अब यो विवाहमा रहन चाहना छ कि छैन थाहा छैन । उनीले अलग बस्नेबारे कुरा गर्दै छिन् ।

यो कुरा सुनेर मलाई साह्रै दुःख लाग्यो । उनीलाई के भइरहेको छ भनेर उनले तपाईलाई केही कारण बताइन् त?

उनले मलाई केही पनि भन्दिनन् । उनी बस् यत्ति भन्छिन् कि उनी खुशी छैनन् । तिमी किन खुशी छैनौ भनेर सोध्दा, उनी भन्छिन् कि उनलाई थाहा नै छैन । म के गरौं भनेर सोच्नै सकिरहेको छैन । हाम्रो सम्बन्ध सधैं राम्रो थियो जस्तै लाग्थ्यो तर अहिले के भइरहेको छ भन्नेकुरा म बुझ्न सकिरहेको छैन । उनलाई के भइरहेको छ? उनी किन यस्तो गर्दैछिन्‌?

कतिपय महिलाहरूले एक अज्ञात समस्यासँग संघर्ष गर्छन्, जुन प्रायः खालीपन वा अपँर्णताको अनुभँतिको रूपमा प्रकट हुन्छ । केही महिलाहरूले यो समस्या समाधान गर्न शान्तिदायक (Tranquilizers) औषधिहरूको सहारा लिन्छन् वा आफ्नो असन्तुष्टिलाई परिवारका सदस्यहरूसँग जोड्छन् । कतिपय महिलाहरूमा अस्पष्ट लक्षणहरू जस्तै थकान, रिसाईरहने वा कारणबिना रुने आदिका लागि चिकित्सकको सहायता खोज्छन् । यस समस्यालाई मनोचिकित्सकहरुले “हाउसवाइफ सिन्ड्रोम” भनेका छन् । यसैगरी, केही महिलाहरूमा रगत बग्ने छालाका फोकाहरू देखिन्छन् जसलाई डाक्टरहरूले “हाउसवाइफ ब्लाइट” भनेका छन् । जुन घरेलु कामकाज जस्तै सरसफाईबाट नभएको र प्राथमिक उपचार पद्धतिबाट पनि ठीक नहुने हुन्छ । यी विविध समस्याहरु धेरै महिलाहरुमा गहिरो, अज्ञात र नसुल्झिएको रोगको रुपमा देखा पर्दछ । जसको मानसिक स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्ध हुन्छ तर शारीरिक रुपमा देखा पर्दछ ।

धेरै महिलाहरुमा लामो समयसम्म अध्ययन गर्दा यो खालीपन केवल भावनात्मक सम्बन्ध वा स्नेहको अभावका कारण थिएन, यो त सन्तुष्टिको अभावका कारण थियो । ती महिलाहरूलाई थाहा थिएन कि उनीहरू किन असन्तुष्ट महसुस गरिरहेका छन् । उनीहरूलाई केवल यत्ति थाहा थियो कि केही न केही कमी भइरहेको छ । कामकाजी महिलाहरुमा पनि यदि उनीहरुले काम, घर र सामाजिक अपेक्षाहरुको तालमेल मिलाउन खोज्दा आफ्‌नो खोज, व्यक्तिगत रुचि र व्यवसायिक महत्वकांक्षाहरुको लागी थोरै समय पनि निकाल्न नपाउँदा ठीक “हाउसवाइफ सिन्ड्रोम“ मा भनिए जस्तै असन्तुष्टिको भावना महसुस गरेका थिए । यस किसिमको असन्तुष्टिबाट उत्पन्न हुने तनावलाई व्यवस्थापन गर्न कतिपय महिलाहरु अतिरिक्त वैवाहिक सम्बन्धमा (Extra Marietal Affairs)  आवद्ध हुन पुग्छन् । अध्ययनमा सहभागी भएका महिलाहरुसँग सोधपुछ गर्दा जब उनीहरूले पर पुरुषसँग अफेयर (Affair) राखे, तब उनीहरूले आफँ पुनर्जीवीत महसुस गरेको बताएका छन् । अफेयरको उमङ्गले क्षणिक रुपमा असन्तुष्टिलाई छोपेको र सन्तुलित बनाएजस्तो देखाउँछ ।

मतलब ?

धेरै महिलाहरू र पुरुषहरू जब प्रेममा परेको अनुभँति गर्छन्, यो अनुभँति वास्तवमा हाम्रो मस्तिष्कमा कसैप्रति आकर्षित हुँदा उत्पन्न हुने रसायनको कारणले हुन्छ, जसलाई Phenyl Ethyl Amine (PEA) भनिन्छ । पि.इ.ए. (PEA) उत्पन्न भएको बेला अनुभव गरिने अनुभँति लागँ औषध कोकेन (Cocaine) सेवन गरेपछि महसुस हुने अनुभँतिसँग मिल्दोजुल्दो हुन्छ । पि.इ.ए. एक आनन्ददायक उत्तेजक हो । पि.इ.ए. को प्रभाव सेवन गरिएका उत्तेजक लागँ औषधहरूभन्दा लामो समयसम्म रहन सक्छ ।

कसैलाई सोचेर मात्र पनि पि.इ.ए. को स्तर बढ्न सक्छ, जसको कारणले हामी आकर्षित मानिसहरूको बारेमा धेरै समय कल्पना गर्छौं । यसले हामीलाई एक प्रकारको उत्तेजना दिन्छ । तर, जब हामी त्यो व्यक्तिको नजिक लामो समयसम्म बस्न थाल्छौं, सम्बन्धको सुरुवातमा अनुभव गरेको उच्च अनुभँति कम हुन थाल्छ । हाम्रो शरीरले पि.इ.ए. प्रति सहनशीलता विकास गर्छ । यो हामीले धँम्रपान वा लागँ औषध सेवन गरेजस्तै नशालु हुन्छ ।

तसर्थ, यदि तपाईकी श्रीमती शन्ध्या कसैलाई भेट्दै छिन् भने, उनी सोच्न सक्छिन् कि उनी त्यो व्यक्तिसँग प्रेममा परेकी छिन् । तर, वास्तवमा उनी त्यो व्यक्तिको नजिक रहेर अथवा उसलाई सोचेर पि.इ.ए. द्वारा पाउने उच्च अनुभँतिमा व्यसनी पनि हुन सक्छिन् ।

शन्ध्याले कहिल्यै त्यसो गर्नेछैनन् ।

म आशा गर्छु कि शन्ध्यासँग जे भइरहेको छ भन्ने मेरो शंका गलत होस्, तर मेरो अनुभवले देखाउँछ कि जब महिलाले भन्छिन्, “म खुशी छैन,“ यसको वास्तविक अर्थ हुन्छ, “म दिक्क भइसकेकी छु,” र जब महिलाले थप्छिन्, “मलाई लाग्छ हामी अलग हुनु पर्छ,“ त्यसको वास्तविक अर्थ हुन्छ, “म कसैसँग नजिक हुँदैछु” । उनी पछिल्लो समय कसरी व्यवहार गर्दैछिन् ?

उनी आजकाल मबाट निकै टाढा टाढा रहन खोजेजस्तो लाग्छ । कहिलेकाहीं उनी मलाई यस्तो घृणाको नजरले हेर्छिन् कि म उनको अगाडि बस्न पनि सक्दिन ।

धेरै महिलाहरुमा लामो समयसम्म भएको अध्ययनबाट मनोविश्लेषकहरुले सम्बन्ध बिच्छेदको चार श्रृंखलागत प्रतिक्रियाको चरण उल्लेख गरेका छन् ।

पहिलो चरणः यस चरणमा महिलाहरूले उनीहरूसँग राम्रो घर, परिवार, र माया गर्ने श्रीमान् भए तापनि आफ्नो जीवनमा केही न केही कुराको कमी भएको महसुस गर्ने र केही महिलाहरूले श्रीमान्‌ले आफँलाई छोएमा पनि आफँ पीडित भएको अनुभँति गर्ने गरेको पाइएको छ ।

दोस्रो चरणः यस चरणमा महिलाहरूले अफेयर (Affair) मार्फत पुनः मानसिक सन्तुष्टि, स्फुर्तिको वृद्धि भएको अनुभव गर्ने र समयक्रममा, धेरैजसो महिलाहरूले विवाहमा आफ्ना आवश्यकताहरू पँरा नभएको वा श्रीमान्‌को अघिल्लो व्यवहारलाई दोष दिएर आफ्नो चाहनालाई उचित ठान्ने, जसले गर्दा बाहिरी सम्बन्ध (Affair) तिर थप आकर्षित हुने पाइएको छ ।

तेस्रो चरणः यस चरणमा महिलाहरूमा सम्बन्धविच्छेदको विचार बढ्ने पाइएको छ । अध्ययन अनुसार अफेयर (Affair) मा भएका महिलाहरुले फेरि जीवित भएको महसुस गरे । उनीहरूले श्रीमान् र प्रेमीबीचको छनोटको पीडामा संघर्ष गरे र प्रायः निर्णय लिन नसक्ने स्थितिमा रहे । केही महिलाहरूले आफ्नो श्रीमान्‌बाट छुट्टिने प्रयास गरे भने बाँकीले अफेयर समाप्त गर्दा गहिरो दुःख र रिस अनुभव गरे ।

चौथो चरणः अन्तिम चरणमा केही महिलाहरूले विवाह कायम राख्दै आफ्नो अफेयर पनि जारी राख्ने र बाँकीले सम्बन्धविच्छेद रोज्ने पाइएको छ । जसले विवाह कायम राखे, तिनीहरूले अफेयर पनि कायम राखेर वैवाहिक जीवनमा सुधार आएको महसुस गरे । केही महिलाहरूले आफ्ना प्रेमीलाई आत्मासाथी ठाने, तर श्रीमान्‌लाई नछोड्ने निर्णय गरे । जसले सम्बन्धविच्छेद गरे, तिनीहरूले अन्ततः निर्णय गर्न सकेकोमा राहत महसुस गरे, तर पछि, विशेषगरी फेरि विवाह गरेपछि, हिनतावोध र पछुतोको अनुभव गरे ।

के म सोध्न सक्छु कि शन्ध्या कति वर्षकी हुनुहुन्छ? मलाई यो जान्न उत्सुकता छ, किनकि यसले उहाँका अनुभव र विचारहरू बुझ्नमा एक विशेष दृष्टिकोण दिन सक्छ ।

शन्ध्या २९ बर्षकी भइन् ।

डाक्टर क्रेन्शले व्याख्या गर्नुभएको छ कि उमेरसँगै पुरुष र महिलाको परम्परागत लैङ्गिक गुणहरू एकअर्कासँग मिल्न थाल्छन् । महिलाहरूले आफ्नो तीसको दशकमा प्रवेश गर्दा, उनीहरूले अक्सर निर्णय गर्ने क्षमता, आत्मविश्वास, र स्वतन्त्रता जस्ता गुणहरू विकास गर्छन्, जुन परम्परागत रूपमा पुरुषहरूको विशेषता मानिन्छ । यो परिवर्तन मुख्य रूपमा महिलाहरूको शरीरमा हुने हार्मोनल सन्तुलनमा आएको परिवर्तनसँग सम्बन्धित हुन्छ, विशेष गरी टेस्टोस्टेरोन (Testosterone) को प्रभाव बढ्दा, महिलाहरूलाई बढी सक्रिय र आफ्नो चाहना पँरा गर्न कम हिचकिचाउने बनाउँछ । अर्कोतिर, पुरुषहरूको उमेर बढ्दै जाँदा, उनीहरूले पनि महिलासँग सम्बन्धित कोमलता, धैर्य र समझदारी जस्ता गुणहरू व्यक्त गर्न सुरु हुन्छ । जब पुरुष र महिला वृद्ध अवस्थामा पुग्छन्, उनी दुवैको हार्मोनल प्रोफाइल र व्यवहारगत गुणहरू जीवनको अन्य कुनै पनि समयमा भन्दा बढी एकअर्कासँग मिल्न थाल्छ ।

विशेषगरी विवाहपछि जब महिलाहरू परम्परागत विश्वाससँग बाझिने असामान्य भावना अनुभव गर्छन्, ती भावनाहरूले ठँलो आन्तरिक द्वन्द्व उत्पन्न हुन्छ । धेरै महिलाहरूले यस द्वन्द्वको अन्त्य आफ्नो श्रीमान्‌सँग सम्बन्धविच्छेद गरेर नै हुन्छ भन्ने ठान्छन्, आफँमा भएका परिवर्तनहरूलाई स्वीकार्नुभन्दा, आफँले गलत व्यक्तिसँग विवाह गरेको सोच्छन् । अन्ततः चेतनाको कमीले उनीहरूमा विवाहलाई नष्ट गर्ने माथि उल्लेखित श्रृंखलागत प्रतिक्रिया उत्पन्न हुन्छ । मैले भन्न खोजेको कुरा के हो भने, तपाईकी श्रीमतीको शरीरले केही फरक चाहना गरिरहेको हुन सक्छ ।

यदि यो नै मेरो श्रीमतीसँग भइरहेको हो भने, यसलाई रोक्न म के गर्न सक्छु ?

अहिले, तपाईकी श्रीमतीले निर्णय लिन नसकिरहेको महसुस गरिरहेकी हुन सक्छिन् । मानौं कुनै चीजले उनलाई रोकिरहेको छ । तर यदि तपाईले उहाँसँग खुला रूपमा कुरा गर्नुहुन्छ र उहाँ इमानदारीपँर्वक तपाईँसँग आफ्नो कुरा राख्न सक्नुहुन्छ भने, त्यो भावना बिस्तारै हराउन थाल्न सक्छ । जब अफेयरको कुरा बाहिर आउँछ, यसको असर कम हुँदै जान्छ ।

गोप्यताले नै अफेयर (Affair) लाई शक्तिशाली बनाउँछ । गोप्यताले उत्साह र दोषी दुवै महसुस गराउँछ, र यही गोप्यताले अफेयरमा झनै गहिरो रूपमा फसाइराख्छ । अफेयरको उत्साह प्रायः दोषी महसुस र त्यसपछि राम्रो महसुस हुने भावनाको मिश्रणबाट आउँछ । यही भावनाहरूको उतारचढावले मानिसलाई अफेयरमा लत लगाउन सक्छ ।

यदि शन्ध्याको व्यवहारलाई सामान्य मानसिक परिस्थिति सोची उनीलाई खराब नमानी खुला रुपमा उनीसँग सम्बाद गर्ने हो भने, अफेयरले यति धेरै उत्साह पैदा गर्दैन । अफेयरबाट मानिसहरूले पाउने उमङ्गको भावना उनीहरूले महसुस गर्ने दोषी भावनासँग सम्बन्धित छ । यदि तपाईले शन्ध्यालाई खराब व्यक्ति ठान्नुहुन्न र उहाँलाई साँच्चै क्षमा गर्न सक्नुहुन्छ भने, उहाँको केही दोषी भावना कम हुन सक्छ र यसले उहाँलाई अफेयरबाट मुक्त हुन मद्दत गर्न सक्छ ।

तर, उनीलाई खुशी पार्न अत्याधिक प्रयास गर्नाले समस्या झनै खराब बनाउन सक्छ किनभने यसले उहाँको दोषी भावना बढाउँछ र लतलाई झन् बलियो बनाउँछ । साधारणतया, महिलाहरू धोका दिएर पुरुषहरूको भन्दा बढी दोषी महसुस गर्छन्, जसले गर्दा उनीहरू अफेयर र आफ्ना अफेयर पार्टनरसँग झनै बढी लत लाग्न सक्छन् ।

यो खालीपन, अपुर्णता वा असन्तुष्टिको भावना कम गर्न विवाहित जोडिहरुले के गर्नुपर्छ ?

धेरै अध्ययनहरुले सयौँ गृहिणीहरू हाउसवाइफ (Housewife) सिन्ड्रोमसँग पीडित भएको देखाएको छ र उनीहरू मनोचिकित्सा वा मनोविश्लेषकसँगको परामर्श र उपचारमा रहेको पाइएको छ । धेरैजसोले यस अवस्थामा शान्त बनाउने औषधि सेवन गरिरहेका र केहीले आत्महत्याको प्रयास गरेका र डिप्रेशन वा स्पष्ट रूपमा निदान नगरिएको मनोवैज्ञानिक अवस्थाको कारणले विभिन्न समयहरूमा अस्पतालमा भर्ना भएका पनि देखाएको छ ।

परम्परागत गृहिणी भँमिकामा फसेका महिलाहरूले सामाजिक अपेक्षाहरूका बाबजुद जीवनमा सन्तुष्टि पाउन असफल हुँदा निराश महसुस गर्छन् । धेरै महिलाहरू आफ्ना पति, बच्चाहरू र घरधन्दाको वरिपरि मात्रै जीवन सिमित रहँदा, खालीपन र निराशाको अनुभव गर्छन् । यी महिलाहरूले प्रायः परामर्श लिने वा नारीत्वका सामाजिक आदर्शहरूमा मेल खाने प्रयास गर्छन्, तर उनीहरू अझै असन्तुष्ट रहन्छन् ।

त्यसैले श्रीमती, आमा, गृहिणीका भँमिकाहरूभन्दा माथि उठेर महिलाहरूले आफ्नै पहिचान गर्न र आफैलाई बुझ्‌न आवश्यक हुन्छ । साँचो सन्तुष्टि, उनीहरूको आफ्नै क्षमताहरू र चाहनासँग मेल खाने व्यक्तिगत चासोहरू, रुचिहरू र कामहरूलाई पछ्याउनबाट प्राप्त हुन्छ । महिलाहरूले जीवनको अर्थ र सन्तुष्टि पाउन परम्परागत भँमिकाहरूलाई पार गर्नुपर्दछ र यो आत्म–अन्वेषणको यात्रामा साहस र सामाजिक मान्यताहरूलाई चुनौती दिन इच्छाशक्ति विकास गर्न आवश्यक पर्दछ ।

 

सन्जोग ढकाल (Pharmacist)